जनार्दन शर्माको पहलमा निर्मित कोरोना अस्पताल सञ्चालनमा
विपत्तीसँग लड्न रुकुमबाट अभियानकाे थालनी
रुकुम,२० बैशाख । रुकुम पश्चिममा चिनियाँ शैलीमा निर्माण भएको आईसोलेसन भवन सञ्चालनमा आएको छ । आठबिसकोट नगरपालिकाले १० दिनमा निर्माण गरेको अत्याधुनिक सुविधा सम्पन्न आईसोलेन भवनको आज एक औपचारीक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । नगरपालिका र स्थानीय नागरीकहरुको सक्रियतामा सुविधा सम्पन्न आईसोलनेसन भवन निर्माणको काम १० दिनमा सम्पन्न गरीएको हो ।
जिल्ला समन्यव समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले भवनको उद्घाटन गर्दै कोरोना भाईरस विरुद्धको लडाँइमा नगरपालिकाले गतिलो हतियार तयार पारेको बताउनुभयो । उहाँले १० दिनमा नै आइसोलेसन भवन निर्माणले जनता र सरकार एकताबद्ध भएर मात्रै महामारी र विपत्तीको सामना गर्न सकिने शन्देस दिएको बताउनुभयो । रुकुमका जनताको प्रयासलाई साथ दिनुभएका पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले टेलिफोनबाट शुभकामना दिदै विपत्ती सँग लड्न रुकुमबाट अभियान शुरु भएको बताउनुभयो ।
संघिय सरकार र प्रदेश सरकारको नजर नपुगेको विकट ठाउँमा पनि १० दिनमै सुविधायुक्त अस्पताल निर्माण गरेर नगरपालिकाले प्रशंसनीय काम गरेको भन्दै देशका अरु स्थानमा पनि जनतालाई हातमा लिएर यसरी नै काम गर्न सके समृद्धी टाढा नरहेको बताउनुभयो । जिल्लाका कुनै पनि स्थानिय तहमा स्वास्थ्य सामाग्रीहरुको अभाव हुन नदिन नेता शर्मा लागी पर्नुभएको छ । भवन निर्माणमा नेता शर्मा आफै जनतासंग संगै लागेर केही श्रमदान गर्नुभएको थियो ।
आइसोलेसनमा भवनमा १५ बेड रहेको छ । आईशोलेसन कक्षमा विरामीका लागी ६ वटा सुविधा सम्पन्न कोठा, स्वास्थ्यकर्मीका लागी छुट्टै वार्ड, तथा जनरल वार्ड र आइसियू वेडको व्यवस्था रहेको छ । नगर प्रमुख गोरख बहादुर केसीले प्रत्येक कोठामा अक्सिजन र तातोपानीको व्यवस्था गरिएकाले अव कोरोना तथा अन्य सरुवा रोगका विरामीहरुलाई सजिलै उपचार सेवा प्रदान गर्न सकिने बताउनुभयो । उहाँले आफुहरु दैनिक १८ घण्टा खटेर भवन निर्माण गरेको बताउनुभयो ।
चैत्र २६ गते देखि निर्माण सुरु गरि वैशाख ५ गते सम्पन्न भएको थियो । भुकम्प प्रतिरोधी भवन निर्माणमा ६९ लाख ४५ हजार ८ सय ७६ खर्च भएको छ ।श्रम सहकारी मार्फत आठविसकोट लगायत अन्य स्थानमा पनि आइसोलेसन भवन निर्माण गरिएको छ । चौरजहारी र मुसिकोट नगरपालिकामा भने भवन निमार्णको कार्य अन्तिम चरणमा पुगेका छन ।
गोपाल रेग्मी
तपाईँको अभिमत