कोरोना भाइरस मानव निर्मित नभई प्राकृतिक हो : विश्व स्वास्थ्य संगठन
आपत्काल घोषणा गर्नाले संक्रमण नियन्त्रणलाई समय मिल्यो
काठमाडौं,२० बैशाख । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोना भाइरस रोगको संक्रमण अझैपनि विश्वव्यापी स्वास्थ्य आपत्कालकै अवस्थामा रहेको डब्ल्यूएचओले बताएको छ । जेनेभामा नियमित प्रेस ब्रिफिङमा महानिर्देशक डा.अधानोम टेड्रोसले कमजोर देशहरुमा संक्रमणले ठुलो असर पार्ने चिन्ता थपिएको बताउनुभयो । उहाँले डब्ल्यूएचओले कोरोना संक्रमणलाई बेलैमा स्वास्थ्य आपत्कालको घोषणा गरेर विश्वलाई उच्च सतर्कता अपनाउन समय मिलेको बताउनुभयो ।
महानिर्देशक टेड्रोसले अन्तराष्ट्रिय स्वास्थ्य नियमावली अनुसार आपत्कालिन समितिको सुझाव अनुसार आफुले स्वास्थ्य आपत्कालको घोषणा गर्दा विश्वलाई संक्रमण नियन्त्रणका लागि पर्याप्त समय मिलेको बताउनुभयो । जनवरी ३० मा मैले स्वास्थ्य आपत्कालको घोषणा गर्दा त्यतिबेला चीन बाहिर जम्मा ८२ वटा कोरोना संक्रमणको केस भेटिएको थियो,चीन बाहिर एक जनाको पनि मृत्यु भएको थिएन उहाँले भन्नुभयो जसले कोरोना विरुद्धको लडाँईमा एक भएर जुट्न समय मिल्यो ।
उहाँले महामारी नियन्त्रणमा डब्ल्यूएचओले चित्त बुझ्दो काम नगरेको भन्दै सबैभन्दा ठुलो दाता अमेरिकाले आर्थिक सहयोग रोकेकोमा दुख व्यक्त गर्दै सुरु देखिनै संगसंगै सम्पर्कमा रहेर काम गरिरहेको बताउनुभयो ।
यसैबीच डब्ल्यूएचओ आकस्मिक विभाग प्रमुख डा.माइक रियानले कोरोना भाइरसको उत्पत्ति प्राकृतिक रुपमा नै भएको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको प्रयोगशालाबाट कोरोना उत्पत्ति भएको आरोप लगाइरहेका बेला रियानले कोरोना भाइरस मानव निर्मित नभई प्रकृतिमै उत्पत्ति भएको र भाइरस जनावरबाट मानिसमा सरेको अनुसन्धानकर्ताहरुले बताइसकेको स्पष्ट पार्नुभएको हो । चीनको युहानमा माछा बजारबाट संक्रमण देखिएको थियो ।
उहाँले हैटी, सोमालिया, सुडान, दक्षिणी सुडान, यमन, सिरिया, अफगानिस्तान, सिरा लियोन र उत्तरी नाइजेरियामा संक्रमण बढिरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । विश्वभर कोरोना संक्रमणका कारण ३३ लाख ७२ हजार २ सय ८५ जनामा संक्रमणको पुष्टि भएको छ भने २ लाख ३८ हजार ८४ जनाको मृत्यु भएको छ । १० लाख ७० हजार मानिस निको भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत