आजै दुईमा कोरोना पोजेटिभ, संक्रमितको संख्या ५९ पुग्यो
नेपालगञ्जका ६० वर्ष र रुपन्देहीका २५ वर्षका पुरुष
अ +
अ -
काठमाडौं,१९ बैशाख । आजै थप दुई जनामा कोरोना भाइरस रोगको संक्रमणको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले दुई जनामा संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा एक र रुपन्देहीका एक जनामा कोरोना पुष्टि भएको हो ।
नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका पुरुष रहेको उहाँले बताउनुभयो । संक्रमितहरुको विस्तृत विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेकाे छ ।
यो संगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म १६ जना निको भए घर फर्किएका छन् । विराटनगरमा ३१,वीरगञ्जमा ८,भरतपुरमा १ र धनगढीमा १ जनाको उपचार भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत